+
+

प्रतिमान फाउन्डेसनले गर्‍यो एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १३:३२

२५ भदौ, बुटवल । प्रतिमान निमा मेमोरियल फाउन्डेसनले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामग्री हस्तान्तरण गरिएको हो ।

स्वास्थ्य मन्त्रालयमा भएको कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतकाको उपस्थितिमा फाउन्डेसनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

फाउन्डेसनले २ हजार ४ सय थान गाउन, २ हजार ३ सय ३२ थान फेसशिल्ड, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय थान, थर्मामिटर २० थान, पीपीई २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका विभिन्न सामग्री प्रदान गरेको हो ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?