+
+

याहु पुगे डेटिङ एप टिन्डरका सीईओ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २६ गते १२:१९

लोकप्रिय डेटिङ एप टिन्डरका प्रमुख कार्यकारी अधिकृत जिम लान्जोनले कम्पनी छाडेका छन् ।

टिन्डरको सीईओबाट राजीनामाासँगै जिम प्रमुख कार्यकारी अधिकृत बनेर याहु कम्पनीमा भित्रिएका छन् ।

याहु कम्पनीको समेत स्वामित्व लिएको अनलाइन मिडिया कम्पनी भेराइजन कम्युनिकेसनलाई पाँच अर्ब डलरमा खरीद अपोलो ग्लोबल म्यानेजमेन्ट इंक कम्पनीले खरीद गर्ने सम्झौता भएको एक हप्तापछि नै शुक्रबार याहुले लान्जोनलाई सीईओ नियुक्त गरेको हो । लान्जोनले सेप्टेम्बर २७ देखि औपचारिक रुपमा याहुको सीईओको पद सम्हाल्ने बताइएको छ ।

याहुको प्रमुख पदमा लान्जोनले गुरु गोराप्पनलाई प्रतिस्थापन गर्नेछन् । भेराइजनको मिडिया व्यवसायका प्रमुख गुरु अहिले अपोलोको प्राइभेट इक्विटी बिजनेसका वरिष्ठ सल्लाहाकार बनेका छन् ।

लान्जोनको राजीनामासँगै टिन्डरले रेनेट निबोर्गलाई कम्पनीको नयाँ सीईओ घोषणा गरेको छ । सन् २०१२ मा टिन्डर स्थापना भएयता कम्पनीको सीईओ हुने रेनेट पहिलो महिला हुन् । यसअघि उनी युरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रका लागि महाप्रबन्धकको रुपमा कार्यरत थिइन् ।

भेराइजन खरीद सँगै अपोलोले याहुलाई रिब्राण्डिङ गरी यसको लोकप्रियता र सफलतालाई पुरानै अवस्थामा ल्याउने प्रयास सुरु गरेको छ । खासगरी याहु स्पोस्र्टस्, याहु फाइनान्स लगायतलाई सब्सक्रिप्सन, विज्ञापन तथा इ कमर्श प्लाटर्फम लगायतबाट प्रवर्द्धन गर्ने योजना कम्पनीको छ ।

साथै अब याहु अपोलो कम्पनीको मातहतमा एक छुट्टै स्वायत्त कम्पनीको रुपमा सञ्चालन हुनेछ । याहुमा भेराइजनको १० प्रतिशत शेयर भने कायम हुनेछ ।

एलेक्साको पछिल्लो तथ्यांक अनुसार याहु डट कम अहिलेपनि विश्वमा सबैभन्दा धेरै हेरिने शीर्ष २० वेबसाइट मध्येमा पर्दछ भने अमेरिकामा त टप फाइभमै पर्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?