+
+

के फागुन १३ मा रिलिज होला ‘लप्पन छप्पन २’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते ११:२१

चलचित्र ‘लप्पन छप्पन २’ले फेरि शिवरात्रीलाई नै प्रदर्शनका लागि रोजेको छ । गतबर्षको शिवरात्रीमा रिलिज हुन नसकेको चलचित्रलाई निर्माणपक्षले नयाँ बर्षको छेकोमा रिलिज गर्ने तयारी गरेको थियो । तर, यो मितिमा पनि चलचित्र रिलिज हुन सकेन र पोष्टपोन्ड भयो ।

निर्देशक मुकुन्द भट्टले सामाजिक संजालबाट फागुणको १३ गते चलचित्र रिलिज हुने बताएका छन् । चलचित्रको ट्रेलर समेत सार्वजनिक भैसकेको छ । शिवरात्री नेपाली चलचित्रका लागि बलियो समय मानिन्छ । यसैले, पनि यो मितिमा चलचित्र रिलिज गर्न निर्माताहरु हानथाप गर्छन् ।

चलचित्र ‘लप्पन छप्पन २’मा अर्पण थापा, अनुप विक्रम शाही, सौगात मल्ल, शक्ति श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । एक्सन केन्द्रित यो चलचित्रलाई यूरोपका विभिन्न देशमा खिचिएको छ ।

बारम्बार चलचित्रको प्रदर्शन मिति तोकिएपनि रिलिज हुन नसक्दा निर्माणपक्षलाई समस्या भैसकेको छ । निर्देशक भट्ट यो चलचित्र रिलिज गरेर अर्को चलचित्र ‘एक्स ९’को छायांकन सुरु गर्न चाहन्छन् । अब, तोकिएको मितिमै यो चलचित्र रिलिज होला त ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?