+
+

सुदर्शन थापाले बिहे गर्दैमा एकसाथ कामै नगर्ने भन्ने हुन्छ र ?: पूजा शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १५:३७

निर्देशक सुदर्शन थापाले केही दिन अगाडि मात्र समाचारवाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । सुदर्शनको इन्गेजमेन्टमा उनको नजिकको साथी पूजा शर्मा उपस्थित नहुँदा चलचित्र वृत्तदेखि दर्शकमा विभिन्न खालका आशंका उत्पन्न भयो । अब, सुदर्शन र पूजाविचको सहकार्य जारी रहन्छ कि रहदैन भन्ने खालका प्रश्न समेत उठे ।

तर, नायिका पूजा शर्माले भने सुदर्शनले बिहे गर्दैमा एकसाथ कामै गर्दैनन् कि भनेर नसोच्न सबैसँग आग्रह गरेकी छिन् । पूजाले भनिन्–‘हामी नै सुदर्शन थापाको बिहे होस् भनेर चाहने व्यक्ति हो । उहाँको जीवन कसैको साथमा अगाडि बढोस् भनेर सोच्ने अनी बिहे गरेपछि मलाई चलचित्रमा नै लिदैन कि भनेर सोच्नु स्वार्थीपना हो । बिहे गर्दैमा टिमअप छुट्ने होइन ।’

पूजाले अगाडि भनिन्–‘भोली म पनि बिहे गरेर जान्छु होला । त्यो बेलामा पनि म सुदर्शनलाई चलचित्रमा मलाई नै राख्नुहोस् भनेर भन्दिनँ । मैले पहिलेदेखि नै स्टोरीमा नमिलेको खण्डमा आफूलाई नराख्न सुदर्शनलाई आग्रह गरेको थिएँ । म यस्तो गीत गाउँछुमा मैले नै अर्की नायिकालाई अफर गरेको थिएँ । हाम्रो चलचित्रमा म नै हुनुपर्छ भन्ने छैन ।’

पूजाले आफूलाई सुदर्शन थापाले नै बनाएको भन्दै यो कुरा भन्न लाज नलाग्ने स्पष्ट पारिन् । भनिन्–‘म पनि सुदर्शनको टिमको मान्छे हुँ । यसमा मलाई कुनै पनि लाज छैन । म जे छु सुदर्शन थापाकै कारणले छु ।’

पूजाले सुदर्शन थापासँग काम गरेको ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्र रिलिज हुनै बाँकी रहेको बताइन् । यसपछि, पनि आफ्नै लगानीमा सुदर्शनले नयाँ चलचित्र निर्देशन गर्ने पूजाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?