+
+

भारतको गुजरातमा नयाँ मुख्यमन्त्री बन्दै भूपेन्द्र पटेल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १७:१७

२७ भदौ, काठमाडौं । भारतको गुजरातमा भूपेन्द्र पटेल नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । उनलाई सर्वसम्मतिमा संसदीय दलको नेता चुनिएको हो ।

केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमरले पत्रकार सम्मेलन गर्दै गुजरातको नयाँ मुख्यमन्त्री भएको जानकारी दिएका छन् । संसदीय दलको आइतबार बसेको बैठकमा मन्त्री तोमर पनि सहभागी भएका थिए ।

तोमरका अनुसार पटेलले छिटै नै मुख्यमन्त्रीको शपथ लिनेछन् । गान्धीनगरमा भारतीय जनता पार्टी (भाजपा)को संसदीय दलको बैठकमा पटेलको नाममा सहमति जुटेको हो । यसअघि विजय रुपाणीले शनिबार भाजापाका कार्यकर्ताको जिम्मेवारी निरन्तर परिवर्तन हुने भन्दै पदबाट राजीनामाको घोषणा गरेका थिए ।

गुजरातका पूर्व मुख्यमन्त्री आनन्दीबेन पटेलको निकट मानिने भूपेन्द्र पटेल यसअघि अहमदाबादको शहरी विकास प्राधिकरणको प्रमुख भइसकेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?