+
+

‘यो उत्सबमा घरलाई बनाऔं सीजी स्मार्ट होम’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १९:३६

इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिएको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सबमा घरलाई बनाऔं सिजी स्मार्ट होम’ नामक योजना हालै बजारमा ल्याएको छ ।

उक्त योजना अन्तर्गत सिजी ब्राण्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरु प्राप्त गर्न कम्पनीले बताएको छ । ५५,००० सम्मको महाबचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५-१५ दिनमा लक्की ड्र मार्फत सि.जी.को आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, तिन दिनको मेघौली सेराईको प्याकेज समेत जित्न सकिने व्यवस्था रहेको छ ।

योजना अन्तर्गत सि.जी.का कुनैपनि एलइडि टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, शोकेश, कुलर र भ्याकुम को खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरु समेत प्रदान गर्नेछ । त्यस्तै सिजीको माईक्रोवेभ ओभनको खरिदमा २,८०० रुपैयाँ बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसिको खरिदमा ४००० रुपैयाँ बराबरको निशुल्क जडान तथा क्यास ब्याक र सिजी डिसवासर को खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सकिनेछ ।

सिजीका सामानहरु खरिद गरे पश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सिजीएसऐच टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं लेखि ३१००१ म पठाउन पर्नेछ । कम्पनीले यो योजना भाद्र २५, २०७८ देखि सिमित अवधिका लागि नेपाल नेपाल लागू गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?