+
+

तत्काल संघीय शिक्षा ऐन जारी गर्न सरकारसँग शिक्षक महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १९:३५

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्नुपर्ने सरकारसँग माग गरेको छ । महासंघले आइतबार आयोजना गरेको वृहत अन्तरक्रिया कार्यक्रममा संघीय ऐन तत्काल जारी गर्नुपर्ने माग गरेको हो ।

अन्तरक्रियामा महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी नयाँ राष्ट्रिय शिक्षा ऐन ल्याउन सबै राजनीतिक दलबाट संसदमा सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने, विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचीबाट झिकेर तीन वटै तहको साझा अधिकार सूची (अनुसूची ९)मा व्यवस्थित गरी संघ प्रदेश र स्थानीय सरकारबीच प्रष्ट अधिकार बाँडफाँट गर्नुपर्ने माग अगाडि सारेको छ ।

महासंघकी अध्यक्ष कमला तुलाधरले बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको घोषित पारिश्रमिक स्पष्ट नभएकोले सरकारबाटै विनियोजन गरिनुपर्ने, समान सेवा सर्त र सुविधा पाउने गरी एकै खालका शिक्षकको व्यवस्थापन गर्नुपर्ने, निजामती सेवा र शिक्षकबीचको ग्रेड, तलब तथा निवृत्तिभरणमा भएको विभेद हटाउनुपर्ने बताइन् ।

उनले सरकारले शिक्षकहरुलाई बेवास्ता गरेको र अहिलेसम्म कुनै पनि सरकार शिक्षक तथा कर्मचारीसँग भएको सम्झौता कार्यन्वयन गर्न पहल नगरेको आरोप लगाइन्।

कार्यक्रममा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले महासंघले आफ्ना माग पूरा गराउन सबै राजनीतिक दलसँग राजनीतिक सहमती गर्नुपर्ने बताए । उनले राजनीतिक आन्दोलनमा शिक्षकको भूमिका र योगदानलाई नभुलेको बताउँदै माग प्राप्तिका लागि आन्दोलन जारी राख्नुपर्ने बताए ।

यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले विद्यालय सुधारको अभियानलाई विद्यार्थी र अभिभावकसँग जोड्नुपर्ने बताए । शिक्षकमाथि भइरहेको विभेद अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षक तथा कर्मचारीको सम्मान जनक समाधान खोज्नुपर्ने बताए । उनले भने ‘अब शिक्षक तथा कर्मचारीलाई सम्मान दिने कि समाप्त गर्ने सरकारको हातमा छ ।’

शिक्षक महासंघले वैशाख २७ गतेबाट विभिन्न कार्यक्रम गरी आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?