+
+

जागिर मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पोखराबाट एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते २०:३०

२७ भदौ, पोखरा । विभिन्न कम्पनीमा जागिर लगाइदिने नाममा संस्था नै खोलेर ठगी गरेको आरोपमा प्रहरीले पोखराबाट एक जनालाई पक्राउ गरेको छ । पीजी रियल स्टेट एण्ड जब लिंक नामक संस्थाका सञ्चालक स्याङ्जाको फेदीखोला–४ घर भई पोखराको तालचोकमा बस्ने कृष्ण पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

पौडेलमाथि करिब ४ हजार ५ सय जनाबाट १ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ । जागिर लगाइदिने प्रलोभनमा प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँसम्म उठाएर ठगी गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

उनलाई शुक्रबार पक्राउ गरी ठगी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थपेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?