+
+

सेल्सबेरीमा एक किलो चिनीमा २० ग्राम ठगी

उपभोक्ता ठगिएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते २०:४०

२७ भदौं, काठमाडौं । सातदोबाटोमा रहेको सेल्सबेरी सुपरमार्केटले चिनीको तौलमा उपभोक्ता ठगी गर्ने गरेको खुलेको छ । आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा सुपरमार्केटले उपभोक्तालाई कम तौलको प्याकेजिङको चिनी बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

एक किलो भनि प्याकेजिङ गरिएको चिनीको प्याकेटमा २० ग्राम कम तौल भेटिएको उनले बताए । एक कलोको प्याकेट भनेर सुपरमार्केटले बिक्रीमा राखेको चिनी उनीहरुकै काँटामा तौल गर्दा ९८० ग्राम फेला परेको विभागले जनाएको छ ।

तौलमा उपभोक्ता ठगी गरेको आरोपमा सुपर मार्केटको चिनीलाई सिल गरी तीन दिनभित्र विभागमा हाजिर हुन सेल्सबेरीलाई पत्र काटिएकेा विभागले जनाएको छ ।

नाप तौलमा हुने ठगी सम्बन्धमा नेपाल गुणस्तर तथा नाप तौल ऐन आर्कषित हुने भएकाले सोमार्फत कारबाही गर्न प्रस्ताव गरिने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?