+
+

दोधारा चाँदनी सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्याङ्कन शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते २०:४७

२७ भदौ, काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह एवम्  एकीकृत जाँच चौकी (आईसीपी)को वातावरणीय प्रभाव मूल्यांकन अध्ययन शुरु भएको छ ।

मायापुरी सामुदायिक वन र गौरीशंकर सामुदायिक वन क्षेत्रमा प्रस्तावित करिब २८० बिगाहा क्षेत्रफलमा भन्सार, बैंक, गोदाम, जाँचपास सेड, रेल्वे प्लेटर्फम, सुरक्षा निकाय, पार्किङ यार्ड, कन्टेनर यार्ड, क्वारेन्टाइन लगायतका लागि आवश्यक भौतिक संरचना निर्माण हुने क्षेत्रको वातावरणीय अध्ययन शुरु भएको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

बन्दरगाह क्षेत्र हाल महाकाली नदीमा निर्माणाधिन ४ लेनको पक्की पुलदेखि पारीपट्टी करिब १२ सय मिटरको दूरीमा छ । सुख्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भई गुरु योजनासमेत तयार भइसकेको र हाल वातावरणीय प्रभाव मूल्यांकन अध्ययनको कार्यसमितिले छनोट गरेको परामर्शदाताबाट शुरु गरिएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

आइतबार बन्दगाह क्षेत्रको सुदुर पश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनार, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले स्थलगत अवलोकन गरेका छन् । बन्दरगाह क्षेत्रको अवलोकन गर्दै राज्य मन्त्री सुनारले सुख्खा बन्दरगाहको शीघ्र निर्माण सम्पन्न गर्नका लागि आवश्यक सम्पूूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यस्तै वाणिज्य सचिव दिनेश भट्टराइले निर्माण अघिका वातावरणीय प्रभाव मूल्यांकन अध्ययन लगायत सम्पूर्ण आवश्यक कार्यहरु शिघ्र सम्पन्न गर्न नेपाल इन्टरमोडल यातायात विकास समितिलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?