+
+

२७ वर्षीय सैम असघरीसँग ब्रिट्नीले गरिन् इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते ११:३४

आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै विश्व चर्चित पप गायिका ब्रिट्नी स्पेयर्सले इन्गेजमेन्ट गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार, ३९ वर्षकी ब्रिट्नीले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन् । गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छिन् । उनका प्रेमी सैम इरानका हुन् । उनी २७ वर्षका छन् ।

ब्रिट्नीले आफूले यो कुरा विश्वास गर्न नसकिरहेको समेत उल्लेख गरेकी छिन् । सैमसँग ब्रिट्नी सन् २०१६ मा एकसाथ देखिएकी थिइन् । ब्रिट्नी र सैमले लामो समयको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्ने तयारी गरेको मिडियाले उल्लेख गरेका छन् । ब्रिट्नीको औठीको डिजाइन एनवाइसी रोमनमा गरिएको हो ।

ब्रिट्नीकी आमाले पनि उनीहरुलाई शुभकामना दिएकी छिन् । शुक्रबार पनि सैमले ब्रिट्नीसँगको एउटा तस्वीर पोष्ट गरेका थिए । तर, उक्त तस्वीर तुरुन्तै हटाउँदै सैमले आफ्नो इन्स्टाग्राम एकाउन्ट ह्याक भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?