+
+

पाकिस्तान क्रिकेट बोर्डको प्रमुखमा रामिज राजा चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १६:४२

२८ भदौ, काठमाडौं । रामिज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को अध्यक्ष बनेका छन् । उनी तीन वर्षका लागि पीसीबीको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजालाई बोर्डको प्रमुखको रुपमा मनोनित गरेका थिए । सोमबार लाहोरमा भएको बैठकमा उनी सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् ।

१९९२ को विश्वकपमा प्रधानमन्त्री खान र राजा पाकिस्तानको टोलीमा थिए । जतिबेला पाकिस्तानले इंग्ल्याण्डलाई हराउँदै विश्वकप जितेको थियो । ५९ वर्षीय राजा पीसीबीको अध्यक्ष बन्ने चौथो पूर्व क्रिकेटर हुन् । राजाले पाकिस्तानका लागि ५७ टेस्ट र १९८ वटा ओडीआई खेलेका छन् । उनले १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?