+
+

बार्सिलोना आउन नपाएका डेनी ओल्मो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १६:५३

२८ भदौ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका लागि अगष्ट ३१ निकै व्यस्त दिन थियो । खेलाडी ट्रान्सफरको अन्तिम दिन बिहानदेखि बेलुकासम्म खेलाडीले क्लब छाड्ने र आउने थुप्रै खबर आए ।

तर त्यो दिन उनीहरुले गर्न नसकेको एउटा सम्झौता छ, डेनी ओल्मोलाई भित्र्याउने । एन्टोनी ग्रिजम्यानले बार्सिलोना छाड्ने पक्का भइसकेको अवस्थामा ओल्मो बार्सिलोना आउन चाहन्थे । बार्सिलोनाले ओल्मोसँग सम्पर्क पनि गरेको थियो ।

जर्मन क्लब आरबी लाइपजिगलाई पनि ओल्मोलाई बेच्दा राम्रो आम्दानी हुन्छ भन्ने थाहा थियो । तर उनको स्थानमा अर्को खेलाडी ल्याउन क्लबसँग समय थिएन ।

लाइपजिगले बार्सिलोनाले निकै ढिला प्रस्ताव गरेको बताएको छ भने ओल्मो आफैं पनि सबभन्दा ढिला र अन्तिममा निकै हतारहतार भएको बताएका छन् ।

आगामी विकल्प

यस वर्ष सही समयमा सबै कुरा सम्भव हुन सकेन । यद्यपि आगामी दिनका लागि ढोका खुला छ ।

बार्सिलोना ओल्मोलाई अनुबन्ध गर्न इच्छुक पनि देखिएको छ र आगामी ट्रान्सफरमा प्रस्ताव गर्न सक्छ । यद्यपि यसै होला भनेर अहिले नै भन्न सकिने अवस्था छैन । किनकि ओल्मोलाई म्यानचेस्टर युनाइटेड, युभेन्टस र बायर्न म्युनिखले पनि आँखा लगाएका छन् ।

सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बार्सिलोनाले ७ करोड युरो प्रस्ताव गरेको थियो । यो रकममा लाइपजिग सहमत छ वा छैन भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । ठूला युरोपेली क्लबले ओल्मोलाई प्रस्ताव गरेको खण्डमा खेलाडी ल्याउन सक्ने गरी सम्झौता गर्ने आरबी लाइपजिगले बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?