+
+

जिम्बावेका पूर्वकप्तान टेलरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १७:०१

२८ भदौ, काठमाडौं । जिम्बावेका पूर्वकप्तान बेन्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । जिम्बावेका सबभन्दा धेरै चिनिएका क्रिकेटर टेलरले सोमबार आयरल्याण्डसँगको खेल आफ्नो अन्तिम खेल हुने घोषणा गरेका हुन् ।

३४ वर्षीय टेलरले पछिल्लो १७ वर्षमा जिम्बावेको क्रिकेटमा महत्वपूर्ण योगदान दिएका छन् । टेलरले सन् २००४ मा जिम्बावेको टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले विशेषगरी ओडीआई क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन् । ओडीआईमा उनले २०४ खेलबाट ६ हजार ६७७ रन बनाएका छन् । यो क्रममा उनले ११ शतक पनि लगाएका छन् ।

टेलर २०११ देखि २०१४ सम्म जिम्बावे टोलीको कप्तान थिए । उनी २०१५ को विश्वकपमा जिम्बावेको तर्फबाट सबभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए ।

उनले जिम्बावेका लागि ३४ टेस्ट खेलबाट २ हजार ३२० रन बनाएका छन् भने ४५ टी–२० खेलबाट ९३४ रन बनाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?