+
+

लुम्बिनीका मुख्यमन्त्रीको स्वकीय सचिव नियुक्तिमा आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १७:४८

२८ भदौ, बुटवल । हत्या आरोपमा सजाय भोगेर थुनामुक्त भएका सुजित विकलाई मुख्यमन्त्री कुलप्रसाद केसीले स्वकीय सचिव नियुक्त गरेकामा पीडित परिवारले आपत्ति जनाएको छ ।

२०६५ सालमा वाईसीएल रुपन्देहीको अध्यक्ष रहेका विक एमाले कार्यकर्ता प्रचण्ड थैव हत्या घटनामा दोषी ठहर भई कैद सजाय भोगेर हालै रिहा भएका हुन् ।

विकलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाउँदा पुरानो घाउ बल्झिएको र मानसिक पीडा थपिएको प्रचण्ड थैवकी आमा सुकन्याले बताइन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले विक मुख्यमन्त्रीको स्वकीय सचिव नियुक्त हुँदा असुरक्षा महसुस भएको बताइन् ।

स्वर्गीय थैवकी श्रीमती लक्ष्मी थैवले मुख्यमन्त्री जस्तो जिम्मेवार व्यक्तिले अपराधमा संलग्नलाई आफ्नो प्रमुख स्वकीय सचिव बनाउनु निन्दनीय र लज्जाको बिषय भएको बताइन् । ‘हत्या केसमा जेल परेको मान्छेलाई स्वकीय सचिव बनाउन मुख्यमन्त्रीलाई लाज लाग्नुपर्ने हो’ लक्ष्मीले भनिन् ।

मुख्यमन्त्रीका स्वकीय सचिव विकले भने आफू घटनामा संलग्न नभए पनि राजनीतिक प्रतिशोधका आधारमा फसाइएको बताए । तर अदालतले तोकेको जेल सजायसमेत भुक्तान गरिसकेको अवस्थामा पुनः यो विषय उठाउँदा आफूमाथि अन्याय भएको उनको भनाइ छ ।

‘यो फेरि पनि राजनीतिक प्रतिशोध हो, कानुनबाहिर गएर पुरानो कुरा कोट्याएर माओवादी केन्द्रलाई बद्नाम गर्ने नियोजित षड्यन्त्र हो’ विकले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?