+
+

रियल बेटिस र इल्चेको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १०:०७

२९ भदौ, काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिस र इल्चे विजयी भएका छन् । रियल बेटिसले ग्रानाडालाई उसैको मैदानमा २-१ गोलले हरायो । अर्को खेलमा इल्चेले गेटाफेमाथि १-० गोलको कठिन जित निकाल्यो । जारी सिजन दुवै टिमको यो पहिलो जित हो ।

रियल बेटिसको जितमा रोड्री र सर्जियो कानालेसले गोल गरे । ग्रानाडाका लुइस सुवारेजले सान्त्वना गोल गरेका थिए ।

जितपछि बेटिस ४ खेलबाट ५ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ । पराजित ग्रानाडा २ अंकसहित १७औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा इल्चेलाई जिताउन लुकास पेरेजले एक मात्र गोल गरे । लुकासले ६९औं मिनेटमा जोहन मोजिकाको पासमा गोल गरेका थिए ।

जितपछि चार खेलबाट पाँच अंक जोडेको इल्चे १०औं स्थानमा छ । पराजित गेटाफे चार खेलमा अंकविहीन बन्दै १९औं स्थानमा छ ।

लिगमा रियल मड्रिड १० अंकसहित शीर्ष स्थानमा छ । समान १० अंक जोडेको भ्यालेन्सिया र एट्लेटिको म्याड्रिड गोलअन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?