+
+

‘एमजी’ पाए दशैं र तिहारमा रिलिज होलान् ‘म यस्तो गीत गाउँछु २ र चपली हाइट ३’ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १३:०३

प्रशासनले उपत्यकाका हल खोल्न अनुमती दिएसँगै अब चलचित्र प्रदर्शक तथा निर्माताहरु चलचित्र रिलिजको छलफलमा जुटेका छन् । नेपाल चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले पनि अनलाइनखबरसँग कुरा गर्दै अब पुरानो चलचित्र रिलिज गरेर हल चलाउने गल्ती नगर्ने बताएका छन् । उनले, यसका लागि निर्मातासँग छलफल अगाडि बढिरहेको सुनाए ।

नेपाली चलचित्रका लागि दशैं, तिहार, शिवरात्री, नयाँ बर्ष सर्वाधिक व्यापार हुने समय मानिन्छन् । यसैले, पनि गतबर्षको दशैं, तिहार, शिवरात्री र नयाँ वर्षमा चलचित्र रिलिज गर्न नपाएका निर्माता र प्रदर्शक यसबर्ष यो महत्वपूर्ण समय फुत्कन दिने सोचमा छैनन् । तर, हलमा दर्शक आउलान् कि नआउलान् भन्ने शंका भने अझै पनि छ । बलिउडमा अक्षय कुमार, कंगना रनावत लगायतका स्टार कलाकारको चलचित्र हेर्न निर्माता नआएको अवस्थामा के नेपाली चलचित्रका लागि दर्शकको भिड लाग्ला त भन्ने शंका उब्जनु स्वभाविक नै हो ।

तर, निर्माताहरु प्रदर्शकबाट लगानीको केही प्रतिशत सुरक्षित गरिदिने आश्वासन पाएको अवस्थामा चलचित्र रिलिज गर्ने सोचमा छन् । करिब डेढ बर्षदेखि रिलिज हुन नसकेका चलचित्र रोकेर राख्न भन्दा पनि रिलिज गरेर नयाँ बाटोमा लाग्ने सोच निर्माताको छ ।

यसका लागि दशैंमा ‘म यस्तो गीत गाउँछु २’, तिहारमा ‘चपली हाइट ३’ रिलिजका लागि प्रदर्शक र निर्माताविच छलफल जारी छ । चलचित्र ‘चपली हाइट ३’का निर्माता अर्जुन कुमारले आफूले जोखिम मोल्न लागेको भन्दै सबैलाई साथ दिन आग्रह गरिसकेका छन् ।

लगानी मात्र सुरक्षित हुने अवस्था सिर्जना भएको खण्डमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने मुडमा यसका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्मा छन् । दशैंको लामो बिदामा एकल चलचित्र रिलिज गर्दा दर्शक हलसम्म आउने संभावना पनि छ ।

तर, निर्माताहरु भने हलबाट मिनिमम ग्यारेन्टी (एमजी) पाउनुपर्ने माग गरिरहेका छन् । यदि, प्रदर्शकहरु यसका लागि तयार भएको अवस्थामा यसबर्षको दशैं र तिहारमा हलहरु खाली हुने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?