+
+
बार्सिलोना भर्सेस बार्यन म्युनिख :

क्याटलान टोलीले बिर्साउन सक्ला त्यो लज्जापद हार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १४:३८

२९ भदौ, काठमाडौं । जब बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणतर्फ आफ्नो ध्यान केन्द्रित गर्छ, तब उसले यस्तो प्रतिद्वन्द्वी पाउँछ, जोसँग एक वर्ष पहिले लज्जास्पद हार व्यहारेको थियो ।

कोरोना महामारीको कारण केही समय रोकिएर सुरु भएको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा २०२० अगष्ट १४ मा बार्सिलोना बार्यन म्युनिखसँग ८–२ ले पराजित भएको थियो । यही टोलीले च्याम्पियन्स लिगको उपाधि नै जितेकाले केही सन्तोष गर्न सकिने ठाउँ छ, तर बार्सिलोनाका लागि त्यो हार निकै ठूलो धक्का थियो ।

अहिले पुनः दुवै टोली आमनेसामने भएका छन् । यस्तोमा बार्सिलोनालाई पछिल्लो हारबाट कस्तो असर पर्‍यो भन्ने हेर्न पनि आजको खेल महत्वपूर्ण छ ।

नयाँ टोली

गत वर्ष बार्यन म्युनिखले हराएयता बार्सिलोनाको टोलीमा निकै ठूलो परिवर्तन देखिएको छ । विशेषगरी चिन्ताजनक आर्थिक अवस्थाको कारण बार्सिलोनाको टोलीमा अहिले ठूलो परिवर्तन भएको छ ।

सबभन्दा महत्वपूर्ण परिवर्तन स्टार फुटबल खेलाडी लियोनेन मेस्सीलाई गुमाउनु हो । आफ्नो तलब आधा कटौती गर्न सहमत हुँदा पनि बार्सिलोनाले उनलाई टिममा राख्न सकेन र उनी फ्रि टान्सफरमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध भएका छन् ।

बार्यन म्युनिखका प्रशिक्षक जुलियन नगेल्सम्यान मेस्सी नभए पनि समग्र टोली कमजोर नरहेको बताउँछन् । बार्सिलोनाले आफ्नो टोलीलाई राम्रो चुनौती दिन सक्ने उनको भनाइ छ ।

गत वर्ष ८–२ को हार सामना गर्दा बार्सिलोनाका अन्य मुख्य खेलाडीमा लुइस स्वारेज र एन्टोनी ग्रिजम्यान थिए । अहिले दुवै खेलाडी एथ्लेटिको मड्रिड गएका छन् ।

गत वर्ष लोनमा बार्यन म्युनिखबाट खेलेका फिलिप काउटिन्हो अहिले बार्सिलोना फर्किसकेका छन् । आक्रामक खेलका लागि तयार देखिएको बार्सिलोनाले मेम्फिस डेपेलाई हालै मात्र टोलीमा भित्र्याएको छ । अष्ट्रियाका युसुफ डेमिरलाई पनि लोनमा अनुबन्ध गरेको छ ।

यद्यपि मंगलबारको खेलमा चोटको कारण उस्माने डेम्बेले, अन्सु फाती, सर्जियो एग्युरो, मार्टिन ब्रेथवेट र सर्जिनो डेस्ट पनि चोटको कारण मैदानमा उपस्थित हुने छैनन् । यस्तोमा लोनमा बार्सिलोना आएका लुक डि जोङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

बार्सिलोनाविरुद्ध बार्यन म्युनिख सधैं अगाडि रहेको छ । फुटबल इतिहासमा मेस्सीको स्थानका कारण बार्सिलोनालाई दबाब हुन्थ्यो । तर यसपटक अवस्था भिन्न रहनेछ । यसपटक क्याटलान टोलीले ठूलो हारबाट बच्नेभन्दा पनि आफूलाई प्रमाणित गर्न खेल्नेछ ।

मार्काको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?