+
+

फोनपेमा मर्चेन्टको संख्या ५ लाख पुग्यो, दैनिक कारोबार ३० करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १५:२४

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसमा मर्चेन्टको संख्या ५ लाख पुगेको छ।

स्थापनाको दुई वर्षमै फोनपेमा मर्चेन्टको संख्या ५ लाख नाघेको हो। हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोवार हुँदै आएको कम्पनीले बताएको छ।

यस्तै अन्तरबैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ।
फोनपे बैंकिङ र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ। ६० प्रतिशत मर्चेन्ट प्रदेश ३ मा रहेका छन् भने बाँकी ४० प्रतिशत मर्चेन्ट अन्य प्रदेशमा फैलिएका छन्।

फोनपे एउटा भुक्तानी प्रक्रिया नेटवर्क हो। जसले ग्राहक, बैंक तथा वित्तिय संस्था, मर्चेन्ट, तथा सरकारलाई एक इन्टरनेट नेटवर्कमा जोड्छ। फोनपे नेटवर्कले भुक्तानी गर्न सजिलो, सुरक्षित र सबैको पहुँचमा पुर्याएर मोबाइल बैंकिङलाई दैनिक गरिने आर्थिक क्रियाकलापमा अझ सक्षम र सजिलो बनाएको छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी भुक्तानी प्रणाली सञ्चालक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?