+
+

चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको पूर्व मनोनयन सूचीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १६:४४

३० भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तहको छात्रवृत्ति तथा विदेशीतर्फको म्याचिङ सिटको पूर्व मनोनयन सूचीमा उजुरी परेको छ ।

आयोगले छात्रवृत्ति, आरक्षण तथा विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची सोमबार प्रकाशित गरेको थियो । आयोगले मंगलबार सूचना जारी गर्दै उक्त सूचीमा उजुरी परेकोले छानबिन गरिने र सूची परिवर्तन हुनसक्ने जनाएको छ ।

परीक्षा निर्देशनालयका उपसचिव दुर्गा कँडेलद्वारा जारी सूचनामा भनिएको छ, ‘पूर्व मनोनयनको सूची सम्बन्धमा उजुरीहरु पर्न आएका र ती उजुरीहरु उपर छानबिन भइरहेकाले पूर्व मनोनयनको सूचीमा छानबिन पश्चात परिवर्तन हुन सक्ने हुँदा आवेदकलाई आफ्नो मञ्जुरी स्वीकार वा अस्वीकार गर्ने अवसरसहित पुनः सूची प्रकाशन हुने जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?