+
+

पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १७:२१

३० भदौ, मकवानपुर । भिमफेदी गाउँपालिका-५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् ।

उक्त खोलामा पाहा मार्न गएको अवस्थामा ढुङ्गाबाट चिप्लिई लड्दा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?