+
+

शेयर बजार राताम्मे, बढ्ने कम्पनीमा मनकामना स्मार्टमात्रै !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १२:०५

३१ भदौ, काठमाडौं । साताको अन्तिम दिन शेयर बजार परिसूचक एकैछिनमा ठूलो अंकमा घटेको छ । कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अंकले घटेको छ ।

शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ । त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ ।

बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८७० रुपैयाँ पुगेको छ । २१६ कम्पनीको कारोबार हुँदा २१२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?