+
+

बर्दिया निकुञ्ज शुक्रबारदेखि खुल्ने

रासस रासस
२०७८ भदौ ३१ गते १५:०९

३१ भदौ, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथप्रदर्शकसहित तीन जना मात्र जानुपर्नेलगायतका मापदण्ड बनाइएको उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?