+
+

भीम रावलले भने : एमाले सुदूरपश्चिमको इञ्चार्जबारे निर्णय भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १७:३६

३१ भदौ, धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोक्ने विषयमा निर्णय नभएको दाबी गरेका छन् ।

पार्टी विभाजनपछि अछाम पुगेका रावलले बिहीबार एमाले जिल्ला कमिटिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेश इन्चार्जका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको तर निर्णय भइनसकेको बताए ।

‘अध्यक्ष कमरेडले मलाई सुदूरपश्चिममा तपाईलाई समस्या भए पार्टी उपाध्यक्षकै हैसियतमा संयोजन गर्नुस्,’ रावलले बालकोट वार्ता स्मरण गर्दै भने, ‘उहाँहरु (कर्ण थापा र लेखराज भट्ट) लाई परिचालन गर्नुस् । पालिकाबाट पनि समस्या समाधान गर्दै आउनुस् । विवाद भएको ठाउँमा हामी कुरा गरौँला ।’

उपाध्यक्ष रावलले १० बुँदे सहमती कार्यान्वयन गर्न आफ्नो संयोजकत्वमा थापा र भट्ट रहनेगरि समिति गठन गरेको भएपनि इञ्चार्जको बिषयमा भने ठोस कुरा नभएको दाबी गरेका हुन् ।

‘सुदूरपश्चिमको हकमा स्थायी कमिटि सदस्य लेखराज भट्ट र पोलिट ब्यूरो सदस्य कर्ण थापालाई पनि सहभागि गरौँ । हामी त्यहाँ सहमति गरेर अघि बढौँ भन्ने मेरै प्रस्तावमा बालकोटका छलफल भएको थियो’ उनले भने, ‘को इञ्चार्ज भयो को भएन ? कुरा त त्यहाँ त्यस्तो भएको होइन । त्यो एक जना व्यक्तिले निर्णय गर्ने कुरा होइन । पार्टी कमिटिले गर्ने हो । त्यो प्रस्ताव अध्यक्ष र महासचिबले लैजान सक्नुहुन्छ । ’

१० बुँदे अनुसनर आफूनै इञ्चार्ज हुनुपर्ने रावलको दाबी छ। माओवादीबाट एकता प्रकृयामै आएको हुँदा भट्टले पनि इञ्चार्जको दाबी गरेका छन् । भट्टले बुधबार कञ्चनपुर पुगेर अध्यक्ष ओलीले भीम रावललाई संयोजनको काम गर्न र आफूलाई इञ्चार्जको जिम्मेवारी दिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?