+
+

मिर्गौला पीडित सरोकार समाजले गर्‍यो बजेटको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १७:५९

३१ भदौ, काठमाडौं । मिर्गौला पीडित सरोकार समाजले नयाँ सरकारले ल्याएको बजेटको स्वागत गरेको छ । मिर्गौला पीडितसहित दीर्घरोग लागेका बिरामीलाई मासिक उपचार खर्चको व्यवस्था गरेको भन्दै समाजले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर बजेटको स्वागत गरेको हो ।

समाजका केन्द्रीय अध्यक्ष बलराम सुवेदीसहितको टोली बिहीबार अर्थ मन्त्रालय पुगेको थियो । अर्थमन्त्री शर्मालाई ९६ वर्षीया गंगादेवी पौडेल र समाजका अध्यक्ष सुवेदीले धन्यवादपत्र प्रदान गरे । पौडेलकी ५९ वर्षीया छोरी मिर्गौलाको रोगबाट पीडित छिन् । उनको डायलासिस भइरहेको छ ।

अघिल्ला सरकारबाट कटौती गरिएको भत्ता दीर्घरोगी, मिर्गौला डायलासिस, मिर्गौला प्रत्यारोपी, क्यान्सर र स्पाइनल इन्ज्युरी भई पारालाइसिस रोगका बिरामीलाई मासिक भत्ता ५ हजार दिने बजेटमा व्यवस्था गरिएको छ ।

त्यसअवसरमा मन्त्री शर्माले सरकार मिर्गौला पीडितसहितको साथमा रहेको भन्दै राज्य नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट नचुक्ने बताए । उनले छिट्टै निश्चित कार्यविधि बनाएर सम्पूर्ण बिरामीलाई रकम उपलब्ध गराइने समेत जानकारी दिए । यसबाट प्रत्यारोपणसहित डायलासिस गरिरहेका बिरामी समेत लाभान्वित हुने उनले बताए ।

मिर्गौला पीडित सरोकार समाजले स्वास्थ्य बीमालाई १ लाखबाट २ लाख, दीर्घरोगीका सन्तानलाई विदेशमा उच्च शिक्षा अध्ययनका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने लगायतका माग समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?