+
+

रथीमा बढुवा भएका कार्कीलाई दर्ज्यानी चिन्ह

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १८:२३

३१ भदौ, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा बढुवा भएका उपरथी बालकृष्ण कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सेनाको जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति शर्माले कार्कीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। भदौ २९ गतेको मन्त्रीपरिषद्को बैठकले उपरथी कार्कीलाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दर्ज्यानी चिन्ह दिएसँगै कार्कीलाई निमित्त बलाधिकृतको जिम्मेवारी समेत दिइएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?