+
+

मुक्तिनाथ बैंकले बढायो व्याजदर, मुद्दती निक्षेपमा १० प्रतिशत व्याज दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १८:५४

काठमाडौं । मुक्तिनाथ विकास बैंकले असोज १ गतेदेखि लागु हुने गरी व्यक्तिगत मुद्दती निक्षेपको व्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा तीन महिनाको लागि १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक व्याज भुक्तानी हुर्ने गरी ब्याजदर दिने भएको छ ।

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ ।

३ महिना अवधिको लागि वाणिज्य तथा विकास बैंकहरुले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको व्याजदर मध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको मुक्तिनाथ बैंकको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?