+
+

बलात्कारपछि गर्भपतन गराएको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १९:०३

३१ भदौ, जनकपुरधाम । बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका–९ का २४ वर्षका आकाश झालाई पक्राउ गरेको प्रहरीले बताएको छ । घरमा काम गर्ने १५ वर्षकी बालिका बलात्कार गरेको र बलात्कारबाट रहेको गर्भपतन गराएको आरोप पीडित पक्षले लगाएको छ ।

पीडित पक्षको उजुरीको आधारमा झालाई उनको घर नजिकैबाट पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

पक्राउ परेका झाविरुद्व अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?