+
+

केकीजी, सधै विदेशी चलचित्रकै भर परेर हुन्छ र ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते ११:०१

नेपाली चलचित्रका निर्माताहरु सधै विदेशी चलचित्रबाट शोषित भएको गुनासो गरिरहन्छन् । विदेशी चलचित्र रिलिज हुँदा आफूहरुले शो नै नपाएको, आफूहरुलाई पेलिएको, दर्शकले पनि विदेशी चलचित्रलाई नै माया गरेको गुनासो निर्माता, निर्देशक, कलाकारबाट बारम्बार सुनिन्छ ।

निषेधाज्ञापछि हल खुलाउने प्रशासनको निर्णय सार्वजनिक भैसकेपनि हल खुल्न सकेका छैनन् । प्रदर्शनका लागि चलचित्र नै नहुँदा प्रदर्शकहरुले पनि हल खुलाएर के गर्नु ? यतिबेला, प्रदर्शकहरु राम्रो र दर्शकले आशा गरेको नेपाली चलचित्र रिलिज गर्न सके माहोला बन्ने आशामा छन् । दर्शक पनि राम्रो चलचित्र आएको खण्डमा हलसम्म पुग्छन् भन्ने वुझाई धेरैको छ ।

तर, अरु बेलामा बारम्बार हिन्दी र अंग्रेजी चलचित्रलाई गाली गर्ने नेपाली चलचित्रका मेकर तथा कलाकार यो समयमा पनि तिनै चलचित्रको मुख ताकिरहेका छन् । कुनै राम्रो विदेशी चलचित्र आइदेला, माहोल बनाइदेला र आफूले रिलिज गरौंला भनेर बसेका छन् चलचित्रकर्मी ।

नायिका केकी अधिकारीले पनि पहिला विदेशी चलचित्र चलाएर माहोल बनाउनुपर्ने र विस्तारै नेपाली चलचित्र रिलिज गर्नुपर्ने तर्क राखेकी छिन् । केकी एक कलाकार तथा निर्मात्री हुन् । विदेशी चलचित्रको चेपुवामा केकीका चलचित्र पनि खुबै परेका छन् । तर, केकी जस्तो वुझेकी र राम्रै फ्यान कमाएकी नायिकाले समेत विदेशी चलचित्रको मुख ताक्नु के तर्कसंगत होला र ?

अहिले प्रदर्शकहरुले विदेशी चलचित्र रिलिज गर्नुपर्ने अवस्था आयो भने भोली राम्रो माहोलमा नेपाली भन्दा विदेशी चलचित्र नै चलाएर फाइदा हुने स्थितीमा नेपाली मेकर र कलाकारले प्रदर्शकलाई गाली गर्नुको कुनै तुक होला र ? कि केकी जस्ता कलाकार नै आफू अभिनित चलचित्र चलाएर पनि दर्शक तान्न सक्छु भन्ने हिम्मत राख्न सक्दैनन् ?

जहिले विदेशी चलचित्रको मुख ताक्ने र दर्शकलाई आएर विदेशी चलचित्र हेरेर माहोला बनाइदेउ भनेर नेपाली मेकरले नै आग्रह गर्ने हो भने अरु बेलामा नेपाली चलचित्र हेरिदेउ भनेर कुन मुखले भन्ने ?

सबै मिलेर आशातित चलचित्र चलाउने, त्यो चलचित्रलाई पूर्ण रुपमा सघाउने, चलचित्र चलाउने निर्मातालाई सकेसम्म बढी कमाई हुने वातावरण बनाउने बेला होइन र यो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?