+
+

आई पे रेमिटद्वारा ‘तिज टिकटक च्यालेन्ज’ को विजेता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १६:५८

काठमाडौं । आई पे रेमिट प्रालिले तिजको अवसरमा ल्याएको ‘तिज टिकटक च्यालेन्ज’को बम्पर योजनाको विजेता घोषणा गरेको छ ।

फेसबुक लाइभमार्फत आई पे रेमिट प्रालिका ब्राण्ड एम्बास्डर वर्षा शिवाकोटीले लक्की ड्रमार्फत विजेता घोषणा गरेकी हुन् ।

कम्पनीका अनुसार सहभागी मध्ये प्रत्येक दिन ५ जनाले लक्की ड्रमार्फत ५ सय टपअप जितेका छन् । यस्तै सर्वाधिक लाइक र भ्यूजको आधारमा अम्बिका भुषालले १० हजार रुपैयाँ पाएकी छन् भने बम्पर विजेतामा रञ्जु देवकोटा छनोट भएकी छन् ।

कम्पनीका अनुसार यो योजनामा सहभागी मध्ये ६२ जनाले प्रत्यक्ष रुपमा पुरस्कार हात पार्न सफल भएका छन् ।

आई पे रेमिट प्रालिका बजार प्रमुख रुप नारायण श्रेष्ठले आफूहरु सधैँ ग्राहकहरुको हितमा कार्य गरी अगाडि बढी रहेको भन्दै समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । साथै उनले आई पे रेमिटले छिट्टै दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुरुवात गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?