+
+

जगदम्बा स्टिल्समा तोडफोडमा संलग्नलाई कानूनी कारबाही गर्न छानबिन समितिको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:०१

१ असोज, काठमाडौं । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते आक्रोशित स्थानीयवासीले तोडफोड गरेको छानबिन समितिले ठहर गरेको छ ।

उद्योग परिसरभित्र रहेको एमोनियाँ ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्यास फैलिएपछि आक्रोशित भएका स्थानीयले उद्योगभित्र प्रवेश गरेर तोडफोड गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले बारा पुगेर स्थलगत छानबिनपछि शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउँदै तोडफोडमा संलग्नलाई कानून बमोजिम कारबाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव समेत दिएको छ ।

यसैगरी उद्योगका तर्फबाट औद्योगिक सुरक्षा मापदण्ड पालना गर्न, उद्योगबाट सिर्जना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयहरुलाई प्राथमिकता दिन उपयुक्त हुने पनि सुझाव दिएको छ ।

भदौ ११ गते जगदम्बा स्टिल्सको बारास्थित उद्योगमा प्रवेश गरेर केही व्यक्तिले तोडफोड गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?