+
+

सानिमा बैंकले ल्यायो दशैं विशेष योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १ गते १९:१६

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।

आश्विन १ गतेदेखि लागु हुने विशेष योजनामा व्यक्तिगत मुद्दती खातामा ९.५१५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिनेछ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु‍‍. १० लाखसम्मको दुर्घटना बिमा, रु. ३ लाख बराबरको घातक रोगको बिमा, रु. ५० हजार बराबरको मेडिकल बिमा, वार्षिक रु. ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु. ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login मा लगइन गरी अनलाइन खाता पनि खोल्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?