+
+

ए डिभिजन लिग फुटसल आजदेखि, पहिलो दिन दुई खेल हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते ९:४८

पोखरा । ए डिभिजन राष्ट्रिय फुटसल लिग आजदेखि पोखरामा सुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीको आयोजनामा पोखराको बहुउद्देश्यीय कभर्डहलमा हुने लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काइ गोल काठमाडौंबीच प्रतिस्पर्धा हुनेछन । खेल दिउँसो दुई बजे सुरु हुनेछ ।

आजै स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच पनि खेल हुनेछ । यस खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ ।

२१ दिनसम्म सञ्चालन हुने लिगमा राउण्ड रोबिनका आधारमा खेलाइनेछ र कुल ४९ खेल हुनेछ ।

फुटसल लिगको विजेताले १० लाख पाउनेछ । उपविजेताले ५ लाख पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?