+
+

‘द भ्वाइस अफ नेपाल’को विजेता बनेपछि बढ्यो किरणको व्यस्तता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १६:३०

‘द भ्वाइस अफ नेपाल ३’को विजेता बनेपछि गायक किरण गजमेरको व्यस्तता झनै बढेको छ । किरणको स्वरमा समावेश गीतहरु दैनिक रुपमा सार्वजनिक भैरहेका छन् । किरण र गायिका मेलिना राइको स्वरमा समावेश ‘एकै छिन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

एक अर्कालाई देख्न नपाउँदा प्रेमी प्रेमिकामा हुने छटपटीलाई यो गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गोपाल लोहारको शब्द रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपानेले अभिनय गरेका छन् ।

श्याम तामाङको छायांकन, विकाश दाहालको सम्पादन रहेको भिडियोमा काजि लिम्बु र श्याम लामाको निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?