+
+

असोज ५ सम्म सरकार विस्तार हुन्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २ गते १८:०५

२ असोज, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन दिनभित्रै सरकार विस्तार हुने बताएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा शनिबार उनले असोज ४ या ५ गतेसम्म सरकार विस्तार हुने बताएका हुन् । प्रदेशका नेता÷कार्यकर्तालाई प्रशिक्षण दिएर यहाँबाट फर्किने क्रममा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले प्राविधिक कारण सरकार विस्तार हुन नसकेको बताए ।

आफ्नो दलसहितको वर्तमान गठबन्धन अहिलेको लागि अपरिहार्य भएको उनले बताए । एमसीसीकै कारण गठबन्धनमा कुनै असर नपर्ने पनि प्रचण्डले बताए ।

संविधान लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षाका लागि यो गठबन्धन बनेको चर्चा गर्दै उनले यो गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । एमसीसीलाई परिमार्जनसहित सर्वदलीय संयन्त्र मार्फत् पारित गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?