+
+

आइपीएलको बाँकी खेल आजबाट, चेन्नाई र मुम्बई भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ८:५२

३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १४औं संस्करणका बाँकी खेलहरु आजदेखि सुरु हुँदैछ ।

भारतमा कोरोनाभाइरस महामारीले गर्दा बीचमै स्थगित भएको आइपीएल २०२१ को बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो ।

भारतमा २९ खेल भएपछि गत मेमा केही खेलाडीलाई कोभिड-१९ संक्रमण भएपछि बीचमै स्थगित गरिएको थियो ।

दुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा आज दुई पूर्व विजेता चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो ।

चेन्नई ७ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंकसहित चौथो स्थानमा छ ।

दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

आइपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?