+
+

चलचित्र प्रेमनाथ युट्युबमा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते ६:२१

काठमाडौं । चलचित्र ‘प्रेमनाथ’ युट्युबमार्फत् सार्वजनिक भएको छ । फिल्म हलमा प्रदर्शन हुनु अगाडि नै बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत् ‘प्रेमनाथ’ सार्वजनिक गरिएको हो ।

निर्माता तथा निर्देशक गणेश बेल्बासले फिल्म हलमा प्रदर्शन अनिश्चित भएकाले युट्युबमार्फत सार्वजनिक गरेको बताए । ‘फिल्म बनाएर त्यसै राख्नुभन्दा दर्शकले युट्युबमा भए पनि हेरून् भनेर सार्वजनिक गरिएको हो,’ उनले भने ।

चलचित्र ‘प्रेमनाथ’ पहिलो चरणको कोरोना संक्रमणको महामारी अगाडि निर्माण भएको थियो । सार्वजनिक प्रदर्शनका लागि प्रचार प्रसारमा जुटिरहेको बेला कोरोना महामारीका कारण फिल्म हलहरु बन्द भएपछि रिलिज हुन सकेको थिएन ।

चलचित्र ‘प्रेमनाथ’ नेपाल तथा भारतमा छायांकन गरिएको थियो । लुम्बिनी क्षेत्रमा छायांकन गरिएको एउटा दृष्य हटाउन सेन्सर बोर्डले निर्देशन दिएपछि यो फिल्म रिलिज गर्ने तयारी पछि सारिएको थियो ।

चलचित्र ‘प्रेमनाथ’मा गणेश बेल्बासे नकारात्मक भूमिकामा छन् । अन्य कलाकारहरुमा कमल गाउँले, सुरविर पण्डित, राज थापा, मियुम जिरेल, कृति गौतम, मोनालिसा विष्ट, पूजा रिजाल, शेखरजंग मल्ल, सम्झना भेटवाल, गजित विष्ट, नवीन श्रेष्ठलगायत छन् ।

सन्तोष श्रेष्ठ, भुपू पाण्डे र एसडी योगीको संगीत रहेको फिल्मका गीतहरुमा राजेशपायल राई, बेनुका राई, भुपु पाण्डे, सुरुची पन्थी, अञ्जली पटेल, एसडी योगी र चित्रवीर जिसीले स्वर दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?