+
+

चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा बन्‍ने भयो जिपलाइन र स्काइ साइक्लिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १२:०६

३ असोज, काठमाडौं। चितवनको चुमखोलाबाट गोरखाको बुट्टारमा झर्ने गरी जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ ।

९ वर्षदेखि कम्पनी रिसोर्ट र र्‍याफ्टिङ ब्यवसाय गरिरहेको रिभर फनबिच रिसोर्ट प्रालिले पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टारमा रहेको आफ्नै रिसोर्टसम्म पुग्ने गरी दुई सहासिक पर्यटकीय प्रडक्ट निर्माण गरिरहेको छ ।

जिपलाइन निर्माणको ७० प्रतिशत काम पुरा भइसकेको कम्पनीले जनाएको छ । यी संरचना डिसेम्बरभित्रै सञ्‍चालनमा ल्याइसक्ने योजना कम्पनीको छ । ५ सय मिटर लामो बन्‍ने जिपलाइनको ४ सय मिटर भाग त्रिशुली नदीमाथि पर्ने भएको छ ।

यसले यात्रा साहासिक र रोमान्चक हुने कम्पनीको दाबी छ। रिभर फनबीच रिसोर्ट प्रालिका प्रबन्ध निर्देशक शंकर अधिकारीका अनुसार अधिकांश भाग नदीमाथि पर्ने यो जिपलाइन विश्वकै नमुना हुनेछ ।

१८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने छ । जपलाइन युरोपियन स्ट्यान्डर्डसहित भारतीय कम्पनीको प्राविधिक सहयोगमा निर्माण भइरहेको अधिकारी बताउँछन् ।

जिएल एयरक्राफ्ट रोप प्रयोग गरिने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुईजना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने बताइएको छ । ५५ मिटर स्काइ रोप साइक्लिङ समेत त्रिशुली नदीमाथि निर्माण भइरहेको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए ।

मिनि जिपलाइन, पिङ, रोप कोर्षलगायत गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको बताइएको छ । जिपलाइनका लागि बनाइएको टावरको ३ वटा तल्लामा ’रिभर फन क्याफे’ सन्चालन गर्ने तयारी रहेको छ ।

कफी बार, कक्टेल, मक्टेल, क्रन्ची लगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सञ्‍चालन गरिने बताइएको छ । आगामी अङ्ग्रेजी नयाँ वर्षभित्र सन्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काइ साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?