+
+

हरिवंशले विजेता घोषणा गर्दै गर्दा जब रीमा बीचमै बोलिन्…

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १३:००

‘कमेडी च्याम्पियन सिजन २’को फाइनलको अन्तिम ३० मिनेट तयारीविनाकै देखिएको थियो । विशेषगरि, जब विजेता घोषणाको चरणलाई टेलिभिजन र यूट्युबमा लाइभ गरियो, निक्कै फितलो देखियो । कार्यक्रमका प्रमुख अतिथीद्धय मनदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विजेताको घोषणा गरे ।

जब, विजेताको नाम प्रमुख अतिथी हरिवंशको हातमा पर्यो । उनले भने–‘एउटा नाग हुन्छ, त्यो नागमा मणी हुन्छ । त्यो नागको मणी भनेको अमुल्य हो । पैसाले पनि किन्न नसकिने हो । यो मणी जो कोहीले पाउँदा पनि पाउँदैन, छुट्याउन पनि सक्दैन । त्यो मणी जस्तै भरतमा पनि एउटा मणी रहेछ । भरतमणि । हास्यब्यङ्ग्यको…।’

यति भन्दै गर्दा कार्यक्रम संचालिक रीमा विश्वकर्मालाई हतार भयो । उनले, हरिवंशले नाम घोषणा गर्दै गर्दा विचमै बोलिन्–‘कमेडी… ।’ यति भनेपछि उनले ‘सरी सर’ भन्दै माफ मागिन् । हरिवंशले रीमालाई जवाफ दिदै भने–‘आई एम सरी’ । फेरि रीमा बोलिन्–‘खासमा मैले उपहार दिनेलाई बोलाउन खोजेको ।’

रीमाले विचमै कुरा काटेपछि हरिवंश अलमलिए । उनले ‘भरतमणी, नाम ठिक छ नि’ भन्दै रीमालाई देखाए । रीमाले ठिक छ सर भनेपछि उनले भने–‘भरतमणिजी विनर हुनुहुन्छ ।’ हरिवंशले विजेताको नाम निक्कै फितलो तरिकाले लिए । हरिवंशले नाम लिएसँगै रीमाले फेरि जोडिन्–‘कमेडी च्याम्पियन सिजन २ को विजेता बन्नु भएको छ, भरतमणि पौडेल ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?