+
+

मकवानपुरबाट २६ हजार नगदसहित ७ जना जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १३:२०
फाइल तस्वीर

३ असोज, मकवानपुर । मकवानपुरमा २६ हजार ९८५ नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगदसहित शनिबार दिउँसो ४:३० बजे ७ जना जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वाटर बस्ने ३७ वर्षीय राकेश के.सीको घरबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका-१ का ३७ वर्षीय राकेश के.सी. (घर धनि), सोही उपमहानगरपालिका -१० बस्‍ने ४२ वर्षीय श्रेष्ठ, ३८ वर्षीय प्रदीप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, धुनिवेशि नगरपालिका-९ घर भइ हाल हेटौडा उपमहानगरपालिका-१ बस्ने ३६ वर्षीय बाबु कृष्ण उप्रेति , ५५ वर्षीय एकबहादुर थापा र ३१ वर्षीय दिपेन्द्र कुमार मिश्र रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, २६ हजार ९८५नेपाली रुपैयाँ र १५०० भारतीय रुपैयाँ नगद बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?