+
+

को आउला नेपाल नागरिक उड्डयन प्राधिकरणको नयाँ नेतृत्वमा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १७:३५

३ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा नयाँ नेतृत्वका लागि दौडधुप शुरु भएको छ । वर्तमान महानिर्देशक राजन पोखरेलको कार्यकाल ७ असोजमा सकिँदै छ । त्यसपछि प्राधिकरणको नेतृत्व खाली हुनेछ । प्राधिकरणमा सामान्यतया जेष्ठताका आधारमा महानिर्देशक छान्ने प्रचलन रहेको छ । यस अनुसार उपमहानिर्देशक राजकुमार क्षेत्री प्रतिस्पर्धामा अगाडि छन् । क्षेत्री समेत ४ महिनापछि सेवा निवृत्त हुनेछन् । उनीभन्दा पछाडि सेवा निवृत्त हुने भोला प्रसाद गुरागाईं र प्रतापबाबु तिवारीलाई समेत प्रतिस्पर्धीका रुपमा हेरिएको छ । यस पटक आकांक्षीको दौडमा निर्देशक प्रदीप अधिकारी समेत छन् ।

उता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सहसचिव बुद्धिसागर लामिछानेको नाम समेत प्राधिकरणको नेतृत्वमा चर्चामा छ । अब पर्यटन मन्त्रालयले महानिर्देशकको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । मन्त्रिपरिषद् बैठकले महानिर्देशक नियुक्त गर्नुपर्ने प्रावधान छ । प्राधिकरणमा उपमहानिर्देशकका रुपमा ६ वर्ष कार्यकाल पुरा गरेपछि सेवा निवृत्त हुने प्रावधान रहेको छ । सोहीकारण धेरैजसो महानिर्देशकले आफ्नो ४ वर्षे कार्यकाल पुरै अवधि काम गर्न पाउँदैनन् ।

चुनौतीको चाङमा रहनेछन् नयाँ महानिर्देशक

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्न शुरु भएको प्रक्रियामा कर्मचारीको व्यापक असन्तुष्टि छ । यो विषयलाई सेफ ल्याण्डिङ गर्ने चुनौती नयाँ नेतृत्वसँग हुनेछ । निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलहरुको व्यवसायिक सञ्चालनको वातावरण तयार पार्नु, नेपाललाई युरोपेली यनियनको कालोसूचीबाट हटाउनु समेत नयाँ नेतृत्वको चुनौती हो ।

प्राधिकरणमा व्यापक सरुवा

यता, महानिर्देशक राजन पोखरेलले भने जाँदा जाँदै प्राधिकरणमा कर्मचारी सरुवा व्यापक बनाएका छन् । प्राधिकरणका एक कर्मचारीका अनुसार कार्यकालको अन्तिम समयमा अन्य महानिर्देशकबाट यस प्रकारको सरुवा भएको थिएन । ‘मैले आज मात्र विभिन्न स्थानबाट एक दर्जन गुनासो टिपोट गरिसकें,’ प्राधिकरणका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘यस्तो सरुवा आतंक अरु बेला भएको थिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?