+
+

एमालेको नाराबाजीकाबीच संसदमा बजेटमाथि छलफल शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते ११:४१
अर्थमन्त्री जनार्दन शर्मा । फाइल तस्वीर

४ असोज, काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल शुरु भएको छ । आज विनियोजन विधेयकको मन्त्रालयत शीर्षक माथिको छलफल सकाएर पारित गर्ने कार्यसूची छ ।

२३ भदौमा सुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । उसले बजेट माथिको छलफलमा समेत नाराबाजी जारी राखेको हो ।

तर, सभामुखले एमालेको नाराबाजीकाबीच छलफल अगाडि बढाएका छन् । आज विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने, मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्रीले दिएर आजै पारित गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि छलफल गरेर सांसदहरुलाई संशोधनका लागि समय दिने गरी कार्यसूची तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?