+
+

बैतडीमा जीप दुर्घटना, ९ जना घाइते

रासस रासस
२०७८ असोज ४ गते १२:०८

४ असोज, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा नौजना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जीप सोमबार दुर्घटना भएको हो ।

घाइते हुनेमा जीप चालक मेलौली नगरपालिका-३ का जनकबहादुर चन्द र वीरेन्द्रराम पार्की, पाटन नगरपालिका-५ का विनोद जोशी, सोही ठाउँका जितबहादुर चन्द, मानसिँह जोशी, रामदत्त जोशी र रामबहादुर चन्द तथा दशरथचन्द नगरपालिका–७ का देवदत्त बडू र दशरथचन्द नगरपालिका-२ का जयबहादुर बोहरा छन् ।

चालक चन्दको अवस्था गम्भीर रहेको अस्थाई ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए ।

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिपको ब्रेक फेल भएर सडकमै पल्टिँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?