+
+

मोटरसाइकल र स्कुटी चोरी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १२:२३

४ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोकर्णेश्‍वर नगरपालिका वडा नं. ६ नयाँबस्तीबाट दोलखा कालिञ्चोक घर भइ हाल बौद्ध बस्ने वर्ष २४ वर्षीय तेजबहादुर खड्का रहेका छन् ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले विशेष सूचनाको आधारमा खड्कालाई पक्राउ गरेको हो । साथै उनले लुकाई पार्किङ गरी राखेएको बा५६प ४५४४ नंम्बरको पहेलो रङको डिओ स्कुटर फेला परेको हो ।

उक्त स्कुटर असोज १ गते मकवानपुर मनहरीका किरण वाईबाले ललितपुरको खुमलटारमा पार्किङ्ग गरको अबस्थामा हराएको भनि महाशाखामा जानकारी दिएका थिए । यस्तैं महाशाखाले अनुसन्धानका क्रममा खड्काले चोरी गरी बास्तबिक नम्बर परिवर्तन गरी प्रदेश३-०२-०१०प ७४४ नम्बर प्लेट भएको कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत फेला पारेको हो ।

वास्तविक नम्बर बागमती प्रदेश०२-०१७प ७८०३ भएको उक्त मोटरसाईकल भदौ ३० गते काठमाडौंको काँडाघारी स्थित पार्किङबाट हराएको थियो । उक्त मोटरसाईकल भोजपुर वडा नं ५ बोखिम घर भइ काँडाघारी बस्ने बिशाल तामाङ्गको रहेको पत्ता लागेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?