+
+

केटाकेटी कुट्ने बेतको लौरो अनलाइनमा बिक्री !

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १३:२१

काठमाडौं । बच्चालाई अनुशासनमा ल्याउने निहुँमा कुट्न नपाइने कानून विश्वका धेरै देशमा छ । तथापि हामीकहाँ भने चाहे घर होस् वा विद्यालय बच्चाबच्चीहरुले कुटाइ खाएकै हुन्छन् । बच्चाबच्चीलाई अभिभावक तथा शिक्षकहरुले थप्पड मात्र होइन लठ्ठीदेखि चप्पलसम्मले निर्मम रुपमा कुटिएका घटना बेलाबेलामा सार्वजनिक हुने गर्दछन् ।

तर केटाकेटी कुट्ने कार्य सदियौं देखि चलिआएपछि अहिलेसम्म बच्चा कुट्नका लागि भन्दै कसैले लौरो नै बिक्रीमा राख्ने गरेको भने देखिएको थिएन । अहिले त हुँदाहुँदा बच्चालाई कुट्ने बेतको लौरो अनलाइनमा बिक्रीमा राखिएछ ।

सोसल मिडिया प्लाटफर्म रेडिटका एक प्रयोगकर्ताले अनलाइन सपिङ साइट अमेजनमा फेला परेको भन्दै केटाकेटी कुट्ने बेतको लौरो Cane sticks for beating kids को स्क्रिनशट शेयर गरेका छन् । उनले आफ्नो पोस्टको क्याप्सनमा अन्तिम क्रियाका सामाग्रीपछि आफूले अमेजनमा देखेको सबैभन्दा ‘उत्कृष्ट चिज’ भनेका छन् ।

अमेजनले बच्चा कुट्ने बेतको लौरो बिक्रीमा राखेको उक्त रेडिट पोस्ट भाइरल बनेसँगै धेरैले अमेजनमा त्यो वस्तु खोजी गरे । अमेजनमा खोजी गर्दा Cane sticks for beating kids भन्ने शव्दाबली आफैं देखिएसँगै अमेजनले सो लठ्ठी बिक्रीमा राखेको अनुमान गरियो । तर अहिले भने अमेजनमा त्यस्तो सामग्री उपलब्ध छैन ।

उक्त भाइरल पोस्टसँगै मानिसहरुले सोसल मिडियामा अनेक खालका टिप्पणीहरु गरेका छन् । कतिपयले बच्चाको उचाइ अनुसार ३ फिटदेखि ५ फिटसम्मका लठ्ठी उपलब्ध रहेको भन्दै मजाक गरेका छन् । कतिपयले भने यस्तो सामाग्री अनलाइनमा आउनु निकै निर्मम तथा दुःखद भएको बताएका छन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?