+
+

कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ४ गते १४:५३

४ असोज, काठमाडौं । कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । उनले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् ।

पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिनुपरेको उनले बताएका छन् ।

उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति र योजना निर्माणमा स्वयंसेवी रुपम सहयोग गर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?