+
+

अराउजोले ९०औं मिनेटमा गोल गरेपछि हारबाट जोगियो बार्सिलोना

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते ८:०४

काठमाडौं । खेलको ९०औं मिनेटमा उरुग्वेयन सेन्टर डिफेन्डर रोनाल्ड एराउजोले गोल गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा हारबाट जोगिएको छ ।

घरेलु मैदान क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडासँग १-१ को बराबरी खेलेको हो । खेलको सुरुआतमै ग्रानाडाले गोल गरेपछि बार्सिलोना दबाबमा देखिएको थियो ।

दोस्रो मिनेटमै डोमिङओस डुअर्टीले हेड गोल गर्दै पाहुना टोली ग्रानडालाई अग्रता दिलाए । उनले सर्जियो स्कुडेरोको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा सर्जी रोवर्टोको प्रहार बाहिरियो । ३६औं मिनेटमा मेम्फिस डिपाएको फ्रिकिक प्रहारलाई ग्रानाडाका गोलरकिपरले सजिलै विफल पारे । ४५औं मिनेटमा रोनाल्ड एराउजोको पोस्ट छेउको हेड प्रहारमा ग्रानाडाका गोलकिपर लुईस म्याक्सीमिनो बाधक बनेका थिए ।

खेलभर १७ वटा पोस्ट प्रहार गरेको बार्सिलोनाले अन्तिममा बराबरी गोल फर्काउन सफल भयो ।

९०औं मिनेटमा रोनाल्ड एराउजोले उत्कृष्ट हेड गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । २२ वर्षीय रोनाल्डले पाब्लो गाभिराको पासमा गोल गरेका थिए । बार्सिलोनाका स्ट्राइकर मेम्फिस डिपाए, फिलिप कोउटिन्हो र विङ्गर युसुफ डेमिरलाई ग्रानाडाका डिफेन्डरले खासै चल्न दिएनन् ।

बराबरीपछि बार्सिलोना ४ खेलबाट ८ अंक जोड्दै सातौं स्थानमा उक्लिएको छ । पाँच खेलबाट तीन अंकसहित ग्रानाडा १७औं स्थानमा छ । शीर्षस्थानमा रहेको रियल म्याड्रिडको पाँच खेलबाट १३ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता एट्लेटिको म्याड्रिडले ११ अंक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?