+
+

२४ औं वर्षमा प्रवेश गरेको अवसरमा यति एयरलाइन्सले शुरु गर्‍यो कल सेन्टर सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १२:४५

५ असोज, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यति एयरलाइन्सले स्थापनाको २४ औं वर्षगाँठको अवसरमा कल सेन्टर सेवा थालेको छ ।

२१ सेप्टेम्वर, १९९८ मा पहिलो उडान थालेको यतिले सोही दिनलाई बार्षिक उत्सवका रुपमा मनाउने गरेको छ । यतिले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा दिइरहेको बताएको छ ।

स्थापनाको शुरुवाती दिनमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको यतिले पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो सञ्जाल बढाउँदै लगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले बताए ।

२४ वर्षे यात्रासँगै यतिले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ । यतिले आफूसँग रहेको ५ वटा जेटस्ट्रिम विमान बिक्री गरिसकेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरको समेत औपचारिक शुभारम्भ गरेको छ । कल सेन्टरको शुभारम्भसँगै अब ०१–५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने र उडान सम्बन्धी जिज्ञासा अनुत्तरित नरहने यति एयरलाइन्सले जनाएको छ ।

एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले उपयुक्त भाडादर, झन्झटरहित यात्रा, गुणस्तरीय सेवा र यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?