+
+

एसियन कप छनोट : हङकङविरुद्ध खेल्ने नेपालको प्लेइङ सेट सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १४:३४

५ असोज, काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत समूह एफको दोस्रो खेलमा नेपालले मंगलबार हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेलका लागि नेपालको पहिलो रोजाइको टिम सार्वजनिक भएको छ ।

अघिल्लो खेलमा फिलिपिन्सविरुद्ध राष्ट्रिय टिममा डेब्यु गरेकी विमला विकलाई समेट्दै नेपालको टिम सार्वजनिक भएको हो । नेपाली टिममा एक मात्र खेलाडी परिवर्तन गरिएको छ ।

फिलिपिन्सविरुद्धको खेलमा घाइते भएकी विमला चौधरी पहिलो रोजाइमा खेल्दैछिन् भने त्यही खेलमा घाइते भएकी पूजा राना मंगलबार बेञ्चमा छिन् । पूजाको स्थानमा विमला विक पहिलो रोजाइमा खेल्न लागेकी हुन् ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

नेपालको प्लेइङ११

गोलकिपर : अन्जिला सुब्बा

डिफेन्डर : हीराकुमारी भुजेल, अमृता जैसी, गीता राना, विमला विक

मिडफिल्डर : रेनुका नगरकोटी, सरु लिम्बु, मञ्जलीकुमारी योञ्जन

फरवार्ड : सविता राना, विमला चौधरी, प्रीति राई

तस्वीर सौजन्य : एनएसजेएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?