+
+

इसेवा मनि ट्रान्सफरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १५:५४

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन मिक्सर, हरेक हप्ता रेफ्रिजेरेटर, हरेक महिना स्मार्ट टीभी तथा बम्पर उपहारमा एक जनाले होण्डाको डियो स्कुटी जित्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन विश्वभर रहेका २ सय भन्दा बढी मुलुकबाट इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउनु पर्नेछ । यस्तै इसेवा मनि ट्रान्सफर नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्क मार्फत आन्तरिक रूपमा विप्रेषण पठाएमा पनि यस योजनामा सहभागी हुन सकिन्छ ।

कम्पनीका अनुसार यस योजनामा ६० जनाले मिक्सर,८ जनाले रेफ्रिजेरेटर,२ जनाले स्मार्ट टीभी र एक जना भाग्यशाली विजेताले बम्पर उपहारमा होण्डाको डियो स्कुटी जित्न सकिनेछ । यो योजना असोज २ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?